देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जिम्मेवारी पुरा नगर्ने निजामती कर्मचारी बर्खास्त गरेर सक्षमलाई करारमा राखौं : सांसद पौडेल

देशान्तर

 

काठमाडौं । राष्ट्रिय सभाकी सांसद बिमला राई पौडेलले आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई बर्खास्त गरेर काम गर्ने कर्मचारी करारमा भर्ना गर्न माग गरेकी छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा उनले संसद सचिवालयका कर्मचारीहरूको उदाहरण दिँदै यस्तो माग राखेकी हुन ।

सचिवालयको प्रशासन, सूचना सञ्चार, व्यवस्थापनमा एकदमै धेरै समस्या भएको सांसद पौडेलको भनाइ छ । ‘अर्‍हाएको, लगाएको जिम्मेवारी पुरा नगर्ने अदक्ष कर्मचारी फाल्न सकिने व्यवस्था गर्नुपर्छ’ पौडेलले भनिन्, ‘असाध्यै दक्ष र काम गर्न सक्ने युवाहरू अवसर नपाएर विदेशिएका छन्, बरु उनीहरूलाई नै करारमा राख्ने व्यवस्था गर्न सकिन्छ ।’

बैठकमा सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा सम्बन्धित समितिका सांसदहरूको सुझाव लिनुपर्ने परम्परा बसाल्न समेत माग गरिन् । उनले संसद सचिवालयमा निश्पक्ष तथ्याङ्क उपलब्ध गराउने इकाइको खाँचो रहेको धारणा समेत राखिन् ।

एक पटक लोकसेवा पास गरेपछि जीवनभर कामै नगरी जागिर खान पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री, मन्त्री बन्न पाँच पाँच वर्षमा जनतामा जानुपर्छ, खारिएर आउनुपर्छ’ पौडेलले भनिन्, ‘एक पटक लोकसेवा पास गरेको कर्मचारीलाई जिम्मेवारी पुरा गरेन भने पनि जागिरमा राखी रहने ?’