देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यतीले भन्दा ५० करोड बढी दिन्छु, गोकर्ण मलाई देऊ- कांग्रेस सांसद रायमाझीको प्रस्ताव

देशान्तर

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले यती होल्डिङ्सले दिएको भन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै गोकर्ण रिसोर्टको जग्गा लिजमा आफूलाई दिन प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने बताएका हुन् । उनले भने, ‘सरकारका मन्त्रीज्युहरु उपस्थित हुनुहुन्छ, सम्माननीय अध्यक्षज्यू र माननीयज्यू सबैलाई साक्षी राखेर म भन्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिएको छ, त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु । सरकार दिन तयार छ मलाई ?’उनले अघि भने, ‘छैन, किन दिँदैन भने त्यहाँ ५० करोडभन्दा बढीको अनियमितता भएको छ ।’

सरकारले हालै मात्र सम्झौता अबधि झण्डै ६ वर्ष बाँकी रहँदा नै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडा थप २५ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो ।