देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ १२ गते हुने

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको हो। आजै ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ। सो बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका महन्थ ठाकुरले ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढ्ने छ। गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारीमाथि यौनदुुब्र्यबहारको प्रयास गरेपछि राजीनामा दिएसंगै प्रतिनिधिसभा सभामुख विहीन छ।