देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जथाभावी बाटो काट्दैहुनुहुन्छ? होस् गर्नुस जरिवानामा परिएला

देशान्तर

काठमाण्डौं । तपाई काठमाण्डौं उपत्यकाका सडकमा जताभावि बाटो काट्ने गर्नुभएको छ भने ख्याल गर्नुहोस् अब हजार रुपिया जरिवाना पर्नसक्छ । किनभने सरकारले सडक सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ ।

मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई एक हजार, मादक पदार्थ सेवन गरी सवारी चलाएमा पाँच हजार, तर त्यस्तो सवारी सार्वजनिक भएमा १० हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ ।

त्यसै गरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । विधेयक लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ । यस्तै, मोटरसाइकल तथा अन्य दुई पाङ्ग्रे सवारी चलाउँदा चालक तथा पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनुपर्ने व्यवस्था गरेको छ । सरकारले सरोकारवालासँग पनि छलफल गरेर विधेयक ल्याएको जनाएको छ ।