देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आयुष्मान खुराना तेस्रोलिङगी?

देशान्तर

एजेन्सि । बलिउडमा आफ्नै छुट्टै स्थान बनाइसकेका अभिनेता आयुष्मान खुराना तेस्रोलिङगी ‘गे’को भूमिकामा देखिने भएका छन्। शुभ मंगल ज्यादा सावधान फिल्ममा उनी गेको भूमिकामा देखिने भएका हुन्। यो फिल्म सन् २०१७ मा प्रदर्शित फिल्म शुभ मंगल सावधानको सिक्वेल भएको बताइएको छ।

आयुष्मानद्वारा अभिनित विक्की डोनर, शुभ मंगल सावधान, अन्धाधुन, बधाई हो, आर्टिक १५, ड्रिम गर्ल सुपरिहट फिल्ममा गनिन्छन्।
ट्रेलर सार्वजनिक गरिएको यो फिल्म फेब्रुअरी २१ मा प्रदर्शनमा आउनेछ। बलिउड विश्लेषकहरुले यो फिल्म पनि बक्स अफिसमा हिट सावित हुने बताएका छन्।

फिल्ममा एक रुढीवादी परिवारको कथा देखाइएको छ। जहाँ परिवारको छोरा समलैंगिक हुन्छन्। फिल्ममा जितेन्द्र कुमार, नीना गुप्ता, मानवी गग्रु, सुनिता राजवारलगायतले अभिनय गरेका छन्।

हितेश केवाल्याको कथा रहेको फिल्म पनि उनैले निर्देशन गरेका छन्।