देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले राष्ट्रिय आयोजनालाई प्राथमिकतामा राखेको छ : मन्त्री नेम्वाङ

देशान्तर

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सरकारले राष्ट्रिय आयोजनालाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् । उनले महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुल समयमै सक्ने गरी काम भइरहेको जानकारी गराए । पुल निर्माण भयो भने त्रिदेशीय सम्बन्ध सुमधुर हुने उनको भनाइ छ ।

जिल्लामा १६ तराई–मधेश पूर्वाधार सडक निर्माण भइरहेका उनले बताए । ‘सबै गाउँपालिका तथा नगरपालिकालाई सडक सञ्जालसँग जोड्न सडक निर्माण भइरहेका छन्,’ उनले भने, ‘सडकको काम राम्रोसँग अगाडि बढेको छ, समयमै निर्माण सम्पन्न हुन्छ ।’

यातायातलाई व्यवस्थित बनाउन पूर्वपश्चिम विद्युतीय रेल सञ्चालन गरिने उनले बताए । ‘पूर्वपश्चिम विद्युतीय रेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण भएको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षदेखि निर्माण कार्य शुरू हुन्छ ।’