काठमाडौँ– निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। ५९ सदस्यीय राष्ट्रियसभामा पहिलो वर्षमा गोला प्रथाद्वारा रिक्त १८ स्थानका लागि निर्वाचन हुन लागेको हो।
राष्ट्रियसभामा दुई वर्षे पदावधि समाप्त भकाहरुको स्थानमा निर्वाचन हुन लागेको छ। निर्वाचनमा सम्बिन्धत प्रदेशसभा, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुले मतदानमा भाग लिने छन्।
निर्वाचन हुन लागेको १८ स्थानमध्ये सत्ताधारी नेकपाको १६ स्थानमा जित सुनिश्चित देखिन्छ। तर प्रतिपक्ष नेपाली कांग्रेसले ७ र समाजवादी पार्टीले एक स्थान गुमाउने देखिएको छ ।
निर्वाचनका लागि सातै वटा प्रदेशका कुल ५५० जना प्रदेशसभा सदस्य, ६ वटा महानगरका मेयर र उपमेयर १२ जना, ११ उपमहानगरपालिका मेयर र उपमेयर २२ जना, २७६ नगरपालिका मेयर र उपमेयर गरी ५५२ जना र ४६० गाउँपालिकाका अध्यक्ष र उपध्याक्ष गरी जम्मा ९२० जनाले मतदान गर्नेछन्।
स्थानीय तहका प्रमुख र उप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १५०६ जना मतदाता रहने छन् । यस निर्वाचनमा जम्मा मतदाताको संख्या २०५६ रहने छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।





प्रतिक्रिया