देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डलाई बाबुरामको जवाफ– आफैं त महादेव उत्तानो टाँग; कस्लाई दिने वर

देशान्तर

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई पार्टीमा आउन आग्रह गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई जवाफ फर्काएका छन् ।

बिहीवार ट्वीट गर्दै बाबुरामले खड्गप्रसाद ओलीको पिंजडामा फसेर छट्पटाइरहेका प्रचण्डले आफूहरूलाई शरण दिन नसक्ने टिप्पणी गरेका हुन् ।

पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्! आफैं त महादेव उत्तानो टाँगस कस्लाई दिने वर…. बाबुरामले ट्वीट गरेका छन् ।

 

समाजवादी पार्टीका नेता(कार्यकर्तालाई बुधवार पार्टीमा भित्र्याउने क्रममा प्रचण्डले बाबुराम, अशोक राई र उपेन्द्र यादवलाई नेकपामै आउन आग्रह गरेका थिए । पार्टी प्रवेश गर्ने नेताहरूले बाबुराम र अशोक राईहरू पार्टीमा निरीह भएर बस्नुपरेको बताएपछि प्रचण्डले नेकपामै आउन आग्रह गरेका थिए ।