देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बलात्कार आरोपमा मुद्दा खेपिरहेका सिद्धबाबा उच्च अदालत परिसरबाटै फरार

देशान्तर

काठमाडौ – बलात्कार आरोपमा मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अदालत परिसरबाटै फरार भएका छन्। आफ्ना अङ्गरक्षक नेपाल प्रहरीका हवल्दार र गाडी फर्काएर गिरी जोगबनी नाकाबाट भारत पसेका हुन् ।

उच्च अदालत विराटनगरमा पेशीका लागि पुगेका उनी भारत प्रवेश गरेका छन्। जिल्ला अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो। सो आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको थियो ।

जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै उच्च अदालतमा अघिल्लो बिहीबार मुद्दा दर्ता भएको थियो । सोहीअनुसार बिहीबार उच्च अदालतमा कृष्णबहादुर गिरीको पेशी तोकिएको थियो। तर अदालतमा हाजिर नै नभई उनी फरार भएका हुन्।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरी उपचारका लागि भन्दै भारत गएको हुनसक्ने बताए। गिरीले उपचारका लागि भारत गएको भन्दै अंगरक्षकसमेत फिर्ता गरेको उनको भनाइ छ