देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साझा यातायातलाई दिएको ३ अर्ब सरकारले ब्याजसहित फिर्ता लिने

देशान्तर

काठमाडौं । सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।

यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले शेयरबापत ३ अर्ब रुपैयाँ दिएको थियो ।

मन्त्रिपरिषदको बैठकले विद्युतीय बस प्राविधिक विवरण लागत अनुमानसहित सर्त समेत तय गरी विद्युतीय बस खरिदका लागि भौतिक तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको बिहिबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले जानकारी दिए ।