देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश दुईमा नेकपा – राजपा संयुक्त उम्मेदवार विजयी

देशान्तर

काठमाडौं । प्रदेश दुईको राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन्। भने दलिततर्फ राधेश्याम पासवान विजयी भएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संयुक्त उमेदवार रहेका दाहाल र पासवान विजयी भएका हुन् ।

पासवानले ५ हजार २ सय ९२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी समाजवादीका उम्मेदवार रामप्रित पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरे।

दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन्। बिहीबार भएको मतदानमा दाहालले प्रदेशतर्फ ५६ मत ल्याएकी छन भने स्‍था नीय तहतर्फ १४० मत ल्याएकी छन् ,दाहालको कुल मतभार ५ हजार २ सय ८ प्राप्त गरेकी हुन् ।

नेपाली कांग्रस उमेदवार नागिना यादवले स्थानीयतर्फ १३० ल्याएकी छन् भने प्रदेशतर्फ ५० मत छ । यादवले कुल मतभार ४ हजार ७ सय ४० प्राप्त गरेका हुन् ।

बिहीबार ४ पदका लागि भएको मतदानमा नेकपा(राजपाले संयुक्त उमेदवार बनाएको थियो भने कांग्रेसले संघीय समाजवादी पार्टीसँग गठबन्धन गरेको थियो ।

प्रदेश दुईमा अहिले अल्पसंख्यक र खुलातर्फका उमेदवारको मतगणना हुदैछ ।