देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै

देशान्तर

काठमाण्डौं । असन्तुष्ट पक्षसँगको सहमति कार्यान्वयन गर्ने बारेमा छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले भोलिका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् । साढे दुई महिनादेखि उत्कर्षमा पुगेको नेपाली काँग्रेसभित्रको विवाद तत्कालका लागि समाधान भएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा १४औं महाधिवेशन पूर्व निर्धारित मिति २०७७ को फागुन सात देखि १० गते गर्ने तर कार्यतालिका र कार्यविधि संशोधन गर्ने सहमति भएको नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले जानकाी दिए ।

काँग्रेस शीर्ष नेताबीच नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन ६ महिनाभित्र गर्ने गरी तदर्थ समिति गठन गर्ने सहमति भएको छ । भोलि १३ गते बस्ने बैठकमा महामन्त्रीद्वयले प्रस्ताव पेश गर्ने र सर्वसम्मतले पारित गर्ने सहमति पनि भएको छ ।