देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कखराको दोस्रो बार्षिक खेलकुद दिवस सम्पन्न, दिबसको अबसरमा बरिष्ठ धावक के.सीलाइ सम्मान

देशान्तर

काठमाडौं । कखरा प्रिस्कूलको वार्षिक खेलकुद दिवस आज सम्पन्न भएको छ  । नेपाली एथलेटिक्सका ऐतिहासिक व्यक्तित्व श्री जित बहादुर के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत ५ वर्ष मुनिका बालबालिकाहरुले विविध खेलकुद क्रियाकलापहरुमा भाग लिएका थिए ।

आयोजित कार्यक्रममा बालबालिकाले विद्यालयमा बर्षभरी अभ्यास गरिआएका खेल कौषलहरुलाई रोचक ढंगले अभिभावक समक्ष प्रदर्शन गरेका थिए ।  सबै बालबालिकालाई विद्यालय प्रिन्सिपल निशा न्यौपाने घिमिरेले पदक तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

कखरा विध्यालयले प्रत्यक बर्षको खेलकुद दिवसको अवसरमा नेपालको शारीरिक शिक्षा र बाल विकासमा उत्कृष्ट योगदान पु¥याउने राष्ट्रियस्तरका खेलाडीहरु मध्ये एक जनालाई सम्मान गर्दै आएको छ । त्यसैअन्तरगत यो बर्ष बरिष्ठ धावक श्री जितबहादुर के.सी. लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध संचालक उमानाथ निरौलाले सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियन ट्रयाक एण्ड फिल्ड च्याम्पियनसीपमा नाङ्गो खुट्टाले भाग लिई पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउन सफल खेलाडी के.सी.ले एथलेटिक्सको माध्यमबाट नेपालको शारीरिक शिक्षा र बाल विकासमा पु¥याउनुभएको योगदानको कदर स्वरुप विद्यालल उहाँलाई सम्मान गरेको बताउनु भयो । के.सी.ले आफूलाई विद्यालयले सम्मान गरेकोमा खुशी प्रकट गर्दै विद्यालय परिवार समक्ष आभार प्रकट गर्नुभयो ।

बाल शिक्षा, खानपान, भौतिक संरचना, खेलकुद, अतिरिक्त क्रियाकलाप लागायत बाल शिक्षा र विकाससँग सम्बन्धित मुलभूत कुराहरुमा अन्तर्राष्ट्रिय मापदण्डको अनुशरण गर्दैआएको कखराले स्थापनाको छोटो अवधिमै भक्तपुर क्षेत्रकै एउटा नमूना प्रिस्कूल को रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ ।