देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोली बोकेर जहाज चढ्न लागेका व्यक्ति पोखरा विमानस्थलमा पक्राउ

देशान्तर

काठमाडौ । राइफलको गोलीसहित जहाज चढ्न लागेका एक व्यक्तिलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाटै पक्राउ गरेको छ।

पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित पक्राउ गरेको हो। उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं जाँदै थिए।

विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य बस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए। उनका अनुसार गोली के प्रयोजनको लागि कता लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको छ।