देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसद दीपक मनाङ्गे ६ हजार  धरौटीमा रिहा

देशान्तर

कास्की ( दीपक मनाङ्गेका नामले परिचित गण्डकी प्रदेश सांसद राजीव गुरुङ धरौटीमा रिहा भएका छन्

एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गुरुङ आइतबार रिहा भएका हुन्
जिल्ला प्रशासन कार्यालय, कास्कीले गुरुङलाई ६ हजार धरौटीमा रिहा गरेको हो । रिहा हुनुअघि आइतबारै सरकारी वकिलको कार्यालयमा गुरुङसँग बयान लिइएको थियो ।

रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङ्गेले मिलन गुरुङविरुद्ध आफू सफल भएको बताए । मनाङ्गेले आफूलाई कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष मिलन गुरुङले मंगलबार प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरी तथा फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।