देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना भाइरसबाट सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको निर्देशन

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएकाले सतर्कता अपनाउन  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस फैलिन नदिन र संक्रमित बिरामीको उपचारको लागि आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयसँगै संस्कृति पर्यटन तथा नागरिक उड्ययन र परराष्ट्र मन्त्रालयलाई समेत यसमा सर्तकर्ता अप्नाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार पर्यटनमन्त्री योगश भट्टराई र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई निर्देशन दिएका हुन् ।