देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साम्राज्यवाद र सामन्तवाद विरुद्धको लडाईं जित्यौं, समानताको बाँकी छः प्रचण्ड

देशान्तर

काठमाडौ । नेपाल कम्युनष्टि पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडि बढ्ने बताएका छन्।

पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातीय मुक्ति, समानता र समानुपातिकताका हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडि बढ्ने बताएका हुन्। उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझै पनि पूर्ण रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै दाहालले शान्तिपूर्ण रुपमा एकतावद्ध भएर संविधान संशोधनको माध्यमबाट यसलाई परिमार्जन गरिने बताए।

विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडि बढाउँदै गएमात्रै सोचेजस्तो समानता प्राप्त हुने उनको धारणा थियो। दाहालले साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाई जितेको भएपनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए। नेकपा सबै खालका विभेदको अन्त्य गरी सबैको हक अधिकारको सुनिश्चित गर्न सदैव तयार रहेको उनको भनाई छ।