काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सदस्यबाट आफू अलग्गिएको बताएका छन्।
आज (सोमबार) सभामुखमा सपथग्रहण गरेपछि विज्ञप्ति निकालेर सापकोटाले राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट आजैदेखि अलग रहेको उल्लेख गरेका छन्।
सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाह गर्न नेकपाबाट अलग भएको सभामुख सापकोटाले निकालेको विज्ञप्तिमा भनिएको छ।
सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित नेकपा सांसद तथा नेकपा स्थायी कमिटी सदस्य थिए। आइतबार सापकोटा निर्विरोध सभामुख चयन भएका थिए।





प्रतिक्रिया