देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थ्रिस्टारलाई पन्छाउदै मछिन्द्र ए डिभिजन लिगको शीर्षस्थानमा, पुलिसले एपीएफलाई हरायो

देशान्तर

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नवौँ चरणअन्तर्गत आज भएका खेलहरुमा मछिन्द्र र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा मछिन्द्र क्लबले थ्रिस्टार क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो ।

मछिन्द्राका लागि आज रेजिन सुब्बाले ३८ मिनेटमा र विशाल राई ‘बी’ले ९० मिनेटमा गोल गर्दै क्लबलाई ३ अंक दिलाएका हुन्। जितसँगै मछिन्द्र लिगको शीर्षस्थानमा फर्किएको छ।
थ्री स्टारले ९ खेलमा १४ अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।

यसअघि, आजै भएको पहिलो खेलमा सशस्त्रको एपीएफलाई नेपाल पुलिस क्लबले १–० गोल अन्तरले पराजित गरेको थियो। पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् ।
एपीएफलाई पराजित गरेसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।

पराजित एपीएफ ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस हारसँगै एपीएफलाई रेलिगेसनको दबाब समेत बढेको छ ।