देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुम्लामा माटोमा पुरिएर सासू बुहारीको मुत्यु, २ गम्‍भीर घाइते

देशान्तर

जुम्ला । जुम्लामा माटोको खानीमा पुरिएर सासू(बुहारीको मृत्यु भएको छ।

चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया सासू नाक्चे सुनार र बुहारी २४ वर्षिया स्यानुमाया सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए। उनले भने, घर लिप्ने रातो माटो ल्याउनको लागि मालाभिडको दुनी खोला भन्ने ठाउँमा माटोको खानीमा पुरिएका हुन्।

माटोको खानी भासिएपछि पुरिएर मृत्यु भएको हो। त्यस्तै, सोही ठाउँमा माटो ल्याउनका लागि गएकी गुठीचौरु गाउँपालिका ५ की नवीना ऐडी चन्दननाथ नगरपालिका चारकै पन्चकन्या सुनार घाइते भएका छन्।