देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संघीय संसदका दुवै सदनको बैठक आज

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सुरुमा नवनिर्वचति सभामुख अग्निप्रसाद सापकोटालाई दलीय आधारमा सांसदहरुले बधाई तथा शुभकामना दिने कार्यसूची छ।

सभामुख सापकोटाले संचालन गर्ने पहिलो बैठकमा संवैधानिक आयोगका केही प्रतिवेदनहरु पेश गर्ने संभावित कार्यसूची निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको बार्षिक प्रतिवेदन बैठकमा पेश हुनेछ।

कानुन निर्माणका लागि महत्वपूर्ण मानिने संसदको हिउँदे अधिवशेन पुस ४ गतेदेखि सुरु भएपनि सभामुख चयनमा सहमति नजुट्दा एक महिनाभन्दा लामो समयसम्म बैठक नै बस्न सकेन। अब दर्ता भएर बसेका विधेयकहरु निरन्तर अघि बढ्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक पेश हुनेछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले योगमाया आयुर्वेदख विश्वविद्यालय विधेयक–२०७६ लाई सभा समक्ष पेश गर्ने संसद सचिवालयले जनाएको छ। बैठकमा सभा अध्यक्षले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।