देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निवर्तमान सभामुख तुम्बाहाङ्फे नेकपाका केन्द्रीय सदस्यमा मनाेनित

देशान्तर

 निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।  मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेकाे हो ।

नेकपा केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ ।केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।

तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी तुम्बाहाङ्फेले उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप पार्टीको सदस्यता त्यागेकी थिइन् ।

गत असोजमा रिक्त सभामुख पदपूर्तिका लागि मार्गप्रशस्त गर्न नेकपाको आग्रह अनुसार राजीनामा गरेकी उनलाई नेकपाले पुनः केन्द्रीय सदस्य बनाएपछि दलमा आबद्ध भएर राजनीति गर्न बाटो खुलेको छ ।