देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कखरा प्रिस्कूलमा सरस्वती पूजाको अवसरमा अक्षराम्भ

देशान्तर

काठमाडौं, कखरा प्रिस्कूलले सरस्वती पूजाको अवसरमा अक्षराम्भ गराएको छ । भक्तपुरको लोकन्थली मनहरा टाउन प्लानिङमा श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा बालबालिकाहरुलाई अक्षराम्भ गराएको हो । विद्यालयकी प्रिन्सिपल निशा न्यौपाने घिमिरेले लोकन्थली आसपासमा १९ जना बालबालिकालाई अक्षराम्भ गराएको जानकारी दिइन् । बाल शिक्षा र बिकासका लागि अध्ययन, अध्यापन, खानपानका अतिरिक्त शारीरिक व्ययाम, खेलकुद र मनोरञ्जन समेतको महत्वलाई समेत विद्यालयले दृष्टिगत गरी विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्दै आइरहेको प्रिन्सिपल घिमिरेको भनाई छ । बाल शिक्षा, खानपान, भौतिक संरचना, खेलकुद, अतिरिक्त क्रियाकलाप लागायत बाल शिक्षा र विकाससँग सम्बन्धित मूलभूत कुराहरुमा अन्तर्रा्ष्ट्रिय मापदण्डको अनुशरण गर्दै आएको कखराले स्थापनाको छोटो अवधिमै भक्तपुर क्षेत्रकै एउटा नमूना प्रिस्कूल (किन्डरगार्टेन) को रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ ।