देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज हल्का बर्षाकाे सम्भावना, तीन दिनकाे सम्भावित माैसम विवरणसहित

देशान्तर

पहाडी भेगका केही ठाउँमा आज हल्का पानी पर्ने मौसमविदले बताएका छन् । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ । अरु ठाउँमा भने सामान्य बदली रहनेछ ।

कमजोर पश्चिमी निम्नचापीय प्रणालीको प्रभावले मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही प्रणालीको कारण मध्य तथा पश्चिमी पहाडी भेगमा केही दिनदेखि आंशिक बदली भइरहेको छ ।

भोलि र पर्सि पानी तथा हिउँ पर्ने सम्भावना नभए पनि सामान्य बदली भने हुने मौसमविदको भनाई छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरोका कारण घाम नलाग्ने तथा उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न पनि मौसमविदले आग्रह गरेका छन् ।

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१०-१८, बिहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको मध्य तथा पश्चिमी पहाडी भू-भागमा आशिंक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १८ गते (शनिबार)

दिउँसोः : देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)

दिउँसोः पुर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
तराईका केही स्थानहरुमा हुस्सु/कुहिरोका कारण घाम राम्रो सँग नलाग्ने भएकोले चिसो बाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ। साथै पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातका कारण तापक्रममा गिरावट आउन सक्ने हुनाले सावधानी अपनाउन हुन अनुरोध छ ।