देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्धय र महासचिवले जवाफ दिने

देशान्तर

काठमाडौं । चार दिनदेखि जारी सत्तारुढ नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष र महासचिवले जवाफ दिने भएका छन् । बैठकमा केन्द्रीय सदस्यहरुले समूहगत रूपमा उठाएका प्रश्नको आज नेतृत्वले जवाफ दिने भएको हो ।

हिजो र शुक्रबार पन्ध्र समूहका टोली नेताले समूहगत छलफलको निस्कर्ष पेश गरेपछि नेतृत्वले आज जवाफ दिन लागेको हो ।

जवाफ दिनुअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सचिवालयले निकाल्ने निष्कर्षका आधारमा बैठकमा नेतृत्वले जवाफ दिने नेताहरुले बताएका छन् ।

जवाफ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले दिने नेकपाको तयारी छ । विधानका विषयमा उठेका प्रश्नको महासचिव विष्णु पौडेलले जवाफ दिने बताइएको छ ।

केन्द्रीय कमिटीमा नेताहरूको जीवनशैली विलासी बनेको, पार्टी र नेतामा भ्रष्ट आचरण मौलाएको, पार्टीमा नेतृत्वले नै गुटको नेतृत्व गरेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोजस्ता विषय उठेका छन् ।

साथै एमसीसी अनुमोदन गर्नु नहुने अडान समेत सदस्यहरुले राखेका छन् ।