देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाका केन्द्रीय सदस्यलाई आज साँझ ६ बजे बालुवाटारमा रात्रिभोज

देशान्तर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई आइतबार साँझ ६ बजे रात्रिभोज दिइने भएको छ । नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार साँझ ६ बजे रात्रिभोजका लागि सवै केन्द्रीय सदस्य तथा सांसदहरुलाई बालुवाटारमा निमन्त्रणा गरिएको छ ।

जारी केन्द्रीय समिति बैठक आइतबारै सक्ने तयारी छ । बैठक सकिएपछि नेताहरु जिल्ला फर्कने भएकाले आजै सबैलाई समेटेर रात्रिभोजको व्यवस्था गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
केन्द्रीय समिति बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भइरहेका बेला नेतृत्वले नेताहरुलाई भोज खुवाएर उनीहरुको आक्रोशलाई मत्थर पार्ने प्रयास गरिएको हुनसक्ने एक केन्द्रीय सदस्यले बताए ।