देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वुहानबाट फर्किन चाहने नेपालीको नामावली सार्वजनिक

देशान्तर

काठमाडौं, २० माघ । चीनस्थित नेपाली दूतावासले हुबेइ प्रान्तबाट नेपाल फर्कन चाहने नेपाली विद्यार्थीको नामावली सार्वजनिक गरेको छ। चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीका लागि सरकारले चार्टर्ड विमानको व्यवस्था गर्ने जानकारी दिँदै आवेदन दिन आह्वान गरेको थियो।

दूतावासले शनिबार नेपाल फर्किन चाहने विद्यार्थीलाई विवरण पेस गर्न आह्वान गरेको थियो। दूतावासको आह्वान अनुसार कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तमा अध्ययनरत १८० विद्यार्थीले स्वदेश फर्किन इच्छा देखाएका छन्। दूतावलसले आवेदन दिएका १८० जना विद्यार्थीको नामावली सार्वजनिक गरेको हो।

साथै दूतावासले नाम छुटेको भए दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।  यता, नेपाल सरकारले चीनको वुहानमा रहेका नेपाली फर्काउने तयारी थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई नेपालमा ल्याएर राख्ने ठाउँबारे गृहकार्य थालेको छ।

शनिबार र आइतबार चीनको वुहानबाट ल्याउन तयार गरिएका नेपाली विद्यार्थीलाई स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि निगरानीमा राखिने सम्भावित ठाउँ अवलोकन गरिएको छ।