काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अधिवेशन माघ २८ गते हुने भएको छ । सोमबार बसेको काठमाडौं शाखाको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । माघ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने केन्द्रीय समितिको निर्देशनअनुसार जिल्ला अधिवेशनको मिति तय गरिएको हो ।
अधिवेशनका लागि विभिन्न समिति पनि गठन भएको छ । डेमोक्रोटिक लयर्स एसोसिएसनका काठमाडौं अध्यक्ष प्रकाश रावलको संयोजकत्वमा गठित निर्वाचन समितिमा अधिवक्ता रविन्द्रमानसिंह प्रधान र रञ्जिता कार्की सदस्य छन् ।
युनियनको सदस्यतालाई अन्तिम रुप दिन अध्यक्ष अर्यालकै नेतृत्वमा ३ सदस्यीय समिति पनि गठन भएको छ ।





प्रतिक्रिया