काठमाडौ , चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म एक सय ८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए । परीक्षणका क्रममा सङ्क्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले जनकारी दिए ।
अहिलेसम्म सबै सुरक्षित रहेको पनि प्रवक्ता श्रेष्ठले प्रस्ट पारेका छन् । नेपाल फर्काइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भैरहेको जनाएको छ ।





प्रतिक्रिया