देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘प्रेम गीत–३’को पहिलो गित ‘हात्ती ढुङ्गा’मा रिलिज (भिडियो सहित)

देशान्तर

नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’को पहिलो गीत रिलिज भएको छ । आज रिलिज भएको ‘हात्ती ढुङ्गा’मा बोलको गीतमा कल्याण सिंहको संगीत छ । मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा हर्कबहादुर साउदको शब्द रचना छ ।

गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङसँगै अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, अनुभव रेग्मी, योगिशा खत्री, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा,सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायत कलाकारको पनि अभिनय छ ।

चैत २८ गते रिलिज हुने चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । विग बजेटमा निर्माण गरिएको गीत ठूलो क्यानभाषमा खिचिएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतार्ने प्रयास गरेको छ ।

https://www.youtube.com/watch?v=UaeScocRNsQ