वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षकाे उमेरमा निधन भएको छ ।
मुटुसम्बन्धी समस्याबाट पीडित शर्माको उपचारको क्रममा आज बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो । २४ वर्ष अगाडि उहाँको ओपन हार्ट सर्जरी गरिएको थियो ।
मुटुमा सङ्क्रमण देखिएपछि उहाँलाई गङ्गालाल अस्पतालमा भर्ना गरिएको थियो । पाँच दिन गङ्गालालमा उपचार गरी उहाँलाई मङ्गलबार राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।
मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको निधन भएको हो ।
२००४ सालमा इलाममा जन्मिनु भएका शर्मा लामो समयसम्म नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । गाेरखापत्रबाट पत्रकारिता सुरु गर्नुभएका शर्मा रेडियाे नेपालकाे समाचारवाचक हुँदै नेपाल टेलिभिजनकाे महाप्रबन्धक हुनुहुन्थ्याे ।
शर्माले नेपाल प्रेस इन्स्टिच्युटले प्रकाशन गरेकाे ‘प्रसारण पत्रकारिता हाते किताब’ काे सम्पादन पनि गर्नुभएकाे छ ।





प्रतिक्रिया