देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम : पूर्व र पश्चिमका एक-दुइ स्थानमा पानी पर्ने संभावना

देशान्तर

काठमाडौं । आज देशका पूर्व र पश्चिम पहाडका एक-दुइ स्थानमा पानी पर्ने संभावना छ।

दिउँसोपख यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमवीद् राजु प्रधानाङगकाअनुसार स्थानीय वायुको प्रभावका कारण पानी पर्न लागेको हो।

बेलुकीपख पुर्व र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात पनि हुने संभावना छ। यी बाहेक अन्य स्थानको मौसम आज सामान्यता सफा रहनेछ।

काठमाडौै उपत्यकाको न्युनतम तापक्रम आज विहान ४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।