काठमाडौ । कलंकीमा टिपरले ठक्करबाट दुईजनाको मृत्यु भएको छ । गएराति कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिदाँ दुईजनाको मृत्यु भएको हो ।
प्रदेश नम्वर २ ०३००४ प ५५० नम्वरको मोटरसाइलका चालक रौतहटका १९ वर्षीय राजेशकुमार चौधरी र मोटरसाईकल पछाडी बसेका २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका दुवैलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो। उपचारको क्रममा उनीहरुको आज बिहान मृत्यु भएको हो। ठक्कर दिने टिपर भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया