नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बिहान १० बजे बस्ने भएको छ ।
नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद विजय गच्छदारविरुद्ध ललिता निवास प्रकरणमा विशेष अदाललमा मुद्दा दर्ता भएपछि कांग्रेसले असन्तोष जनाउँदै आएको छ ।
कांग्रेसले बिहीबार यही विषयलाई लिएर संसद अवरोध गरेको थियो । भोलि बैठक बसेर थप निर्णयहरु गरिने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।





प्रतिक्रिया