देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस संसदीय दलकाे बैठक बस्दै

देशान्तर

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।  पार्टी उपसभापति तथा संसदीय दलका नेता विजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा भ्रष्टाचारकाे मुद्दा लागेपछि दलकाे बैठक बस्न  लागेकाे हाे ।

अदालतमा मुद्दा दर्ता भएसँगै गच्छदारकाे सांसद् पद स्वतः निलम्बनमा छ ।

संसदीय दलकाे कार्यालय सिंहदरबारमा बस्ने बैठकले थप रणनीति तय गर्ने सांसद सञ्जय गाैतमले देशान्तरलाई जानकारी दिए । उनले भने  ‘ कांग्रेसले भ्रष्टाचारकाे मुद्दा विगतमा पनि उठाउँदै आएकाे छ, भविष्यमा पनि उठाउँछ, तर अहिले कांग्रेस भएकै कारण गच्छदारलाई मात्रै मुद्दा लगाएर सरकार एकपक्षिय रुपमा अघि बढेकाले त्यसका विरुद्ध रणनीति तय गर्छाैं ।’

कांग्रेसले सडक र सदन दुवैमा आन्दाेलन गर्ने तयारी गरेकाे पनि उनले जानकारी दिए ।  संसद बैठक आज दिउँसाे १ बजेका लागि डाकिएकाे छ । संसद बैठक अघि कांग्रेसले आफ्नाे धारणा सार्वजनिक गर्ने छ ।