देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसद्वारा आज पनि सं‌सद अवरुद्ध

देशान्तर

 

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।

शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँ बनेको आरोप लगाए । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ ।

सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छे थुन्ने काम त भएको होइन भन्ने आशंका लागेको उनले बताए । उनले अघि भने, ‘एउटा निर्दोषलाई पक्रिएर सारा दोषीलाई उन्मुक्ति दिन खोजियो ।’

लगत्तै कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर संसदमा अवरोध गरेका छन् ।