काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनीतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाउने निर्णयको विरोधमा कांग्रेसका भ्रातृसंस्थाहरुले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति विजय गच्छदारलाई आरोपी बनाउँदै मुद्दा चलाइएको भन्दै कांग्रेसका भ्रातृ संस्थाले प्रदर्शन गरेका हुन्।
पार्टी पदाधिकारीले केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संस्थालाई अख्तियारको कदमविरुद्ध सडकमा उत्रन निर्देशन दिएका थिए।





प्रतिक्रिया