देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चट्याङ लागेर दाङमा तीन जनाको ज्यान गयो

देशान्तर

दाङ : दाङमा चट्याङमा परेर तीन जनाको ज्यान गएको छ ।

तुलसीपुर र घोराहीमा शनिबार चट्याङमा परेर तीन जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका(७, नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि र त्यही ठाउँकी ५४ वर्षीया लक्ष्मी आचार्यको ज्यान गएको हो ।

चट्याङ लागेर घाइते भएका चौधरी र आचार्यको उपचारका क्रममा तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलमा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै घोराही उपमहानगरपालिका ११ हापुरका सूर्यबहादुर पुरीका छोरा ८ वर्षीय ताराबहादुरको पनि चट्याङ लागेर ज्यान गएको छ ।