देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शंकर प्रधान सौर्यद्वारा लिखित भाषण तथा उद्घोषणकला पुस्तक सार्वजनिक

देशान्तर

काठमाण्डाै – शंकर प्रधान सौर्यद्वारा लिखित भाषण तथा उद्घोषणकला पुस्तक सार्वजनिक भएको छ ।ड्रीमप्वाइन्ट एजुकेशनल एण्ड ट्रेनिङ इन्स्टिच्युट्को दशौ वार्षिकोत्सव समारोहको क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननिय पार्वत गुरुङ्गले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । लोकार्पण समारोहमा बोल्दै मन्त्री गुरुङ्गले यस प्रकारको पुस्तकले महिला तथा युवाहरुलाइ आफ्ना विषय, हक अधिकार तथा मुद्दामा केन्द्रित रहेर जोड्दार कुरा उठान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । नेपाली समाजमा पुस्तौंदेखि प्रचलित बोल्नेको पिठो पनि बिक्छ र नबोल्नेको चामलपनी बिक्दैन भन्ने उखानलाइ चरितार्थ गर्ने उदेश्यले प्रकाशित पुस्तकले उत्पिडित जाती, क्षेत्र, वर्ग, लिङ्ग र व्यक्तिलाइ अन्तर आत्मादेखिनै सशक्त बनाउदै सत्य वाणी बोल्न प्रेरित गर्नेमा आफ्ना धारणा व्यक्त गर्नुभयो । सम्वोधनकै क्रममा उहाँले नेपाल सरकारले अघि सारेको सम्बृद्द नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागी सबैले जायज मागहरु उठाउनुपर्ने र सम्बन्धित निकाय तथा सरकाआइ समेत झक्झक्याउन सक्नुपर्ने कुरा व्यक्त गर्नुभयो । सोहि क्रममा, पुस्तक समिक्षा गर्नुहुदै जनप्रशासन क्याम्पसका उप प्राध्यापक एवम् स्थानिय शासन विज्ञ डा.बुद्धि मान श्रेष्ठले पुस्तक ले अन्तर्मनको भाव बोकेको र नेपाली समाजमा देखिएका जल्दाबल्दा विषय उठान गर्न सफल भएको धारणा व्यक्त गर्नुभयो । जो बोल्न देखी डराउछ, लजाउछ र अप्ठ्यारो मानेर पन्छिने काम गर्छ उनको लागी यो पुस्तक रामवाण सावित हुने विचार व्यक्त गर्नुभयो । कलात्मक भाषण तथा उद्घोषण गर्ने सम्पुर्ण मौलिक तौरतरिकाहरु देखी लिएर विभिन्न भाषणका नमुनाहरु समेत गहन ढङ्गले पुस्तकमा समावेश भएको पाउदा औधी खुसी लागेको बताउनुभयो। पुस्तक समिक्षाकै क्रममा अधिवक्ता, लेखक तथा सामाजिक अभियन्ता स्वागत नेपालले पुस्तकको समिक्षा गर्ने क्रममा यो पुस्तक व्यक्तिको व्यक्तित्वका साथै नेतृत्व क्षमता बिकास गर्ने उदेश्यले गरिएको बताउनुभयो । उहाँका अनुसार आजको समयमा देशका नेताहरुको भाषण सामान्य भन्दा सामान्य व्यक्तिहरुले बुझ्ने प्रकारको नभएको र आफुले मन्तव्य दिने क्रममा दर्शक श्रोताको ध्यान खिचिराख्नको लागी भाषण तथा उद्घोषणकला पुस्तक सहयोगी रहेको बताउनुभयो । उक्त पुस्तकले शारिरिक गठन, आत्मबल वृद्धि गर्न, शब्द चयन लगायत अन्य विविध पक्ष समेट्न मद्दत गर्न सफल रहेको जानकारी दिनुभयो । कार्यक्रममा विविध क्षेत्रका व्यक्ति व्यक्तित्वलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रमको सभाध्यक्ष पुस्तकका लेखक एवम ड्रीमप्वाइन्ट इन्स्टिच्युट्का अध्यक्ष शंकर प्रधानले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न साङ्गितिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।