काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची तोकिएको संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिए । योगीका अनुसार आज प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले ’कारागार विधेयक, २०७६’ पेश गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीका तर्फबाट ’संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्था विधेयक’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले राष्ट्रिय सभामा ’नेपाल इन्जिनियरिङ परिषद्, पहिलो संशोधन’ विधेयक छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची छ ।
कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाइएको र नेकपाका नेताहरुलाई जोगाउने काम गरेको भन्दै बिहीबार र शुक्रबारको संसद बैठक अवरोध गरेको थियो ।





प्रतिक्रिया