देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि नेकपा सचिवालय बैठक स्थगित

देशान्तर

काठमाडौं :प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य समस्या भए पछि नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

आज सचिवालय बैठक बोलाउने अध्यक्षद्धयबीच शनिबार छलफल भएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिए पछि सचिवालय बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री ओलीले शनिबार नियमित डायलासिस गराएका थिए । १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओली नियमित डायलासिस गराउँदै आएका छन् ।