चितवन – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै उनले सरकार र नागरिक सबै बराबर हुन् भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णयमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए ।
त्यस्ता विधेयकले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो । फरक प्रसङ्गमा उहाँले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताए । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको पौडेलको भनाइ थियो ।





प्रतिक्रिया