देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रीपरिषद् बैठक बस्दै, आइजिपीबारे आज टुंगो लाग्ने

देशान्तर

काठमाडाैँ । मन्त्रीपरिषद् बैठक आज बस्दैछ । आज अपरान्हः बस्ने वैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजिपी) बारे टुंगो लगाउने तयारी गरेको छ ।

हालका आइजिपीले बुधबारदेखि अवकाश पाउने भएपछि प्रहरीको नयाँ नेतृत्वबारे सरकारले निर्णय गर्न लागेको हो । गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको एआइजी र आजिपीको नियुक्ती सरकारले गर्ने नियम रहेको छ ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको नेतृत्व दिने तयारी सरकारको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण माघ २९ अर्थात बुधबारदेखि गते अनिवार्य अवकाश पाउँदैछन् । बरियता र वरिष्ठताका आधारमा ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नयाँ आइजिपी बनाउने तयारी गरेको बताइएको छ ।

२०४६ साल माघ २९ गते खनालसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र १८ जना डिआइजीले पनि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् ।अवकाशपछि नेपाल प्रहरीमा आइजिपीसँगै तीन एआइजी र १८ डिआइजीको पद पनि रिक्त हुनेछ ।