देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्व सचिव कार्कीकी पत्नीको हत्या प्रयास, कामदार मृत अवस्थामा फेला

देशान्तर

काठमाडौँ । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनामाथि घरभित्रै आक्रमण भएको छ । टाउकोमा गम्भीर चोट लागेकी उनको अचेत अवस्थामा ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।

पति घरमा नभएको बेला मुनामाथि कामदारले आक्रमण गरेको हुनसक्ने स्थानीयले जनाएका छन् । कार्कीको घरमा काम गर्ने कामदार घरभित्रै झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थामा भान्सामा रक्ताम्य अवस्थामा लडेकी मुनालाई प्रहरीले अस्पताल पुर्‍याएको थियो ।

कामदारले हत्या प्रयास गरेको प्रहरीको आशंका छ । महानगरीय प्रहरी सानेपाका इन्चार्ज प्रहरी इन्सपेक्टर कोशिस जोशीले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । झुण्डिएको अवस्थामा मृत फेला परेका चौधरी थरका कामदारको नाम र ठेगाना खुलिसकेको छैन ।