देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुना कार्कीको हत्या : प्रहरीले अनुसन्धान थाल्यो

देशान्तर

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको सानेपास्थित आफ्नै घरमा हत्या भएको प्रारम्भिक अध्ययनबाट थाहा भएको छ । धारिलो बस्तुले प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ ।

दुबै हात पछाडि बाँधिएको अवस्थामा भान्सा कोठामा फेला परेकी उनलाई उपचारका लागि सानेपास्थित स्टार अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । उनको घरमा कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरी भने भान्साकोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् । मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले कार्कीको घरमा जडान भएको सीसीटिभी फुटेजमार्फत घटनाको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अध्ययन अनुसार चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । पूर्वसचिव कार्की भने बिहान पशुपति दर्शनका लागि गएका थिए । घर फर्किएपछि विभत्स दृष्य देखेर हारगुहार गर्दा छिमेकीहरुले घटनाका बारेमा थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए घटना कसले र किन गरायो भन्ने खुलेको छैन ।

घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।