काठमाण्डाै । नेपाली काङ्ग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामाथि राजनीतिक र कानुनी रुपमा सामना गर्ने भएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मुद्दामाथि राजनीतिक र कानुनी दुवै ढङ्गले सामना गर्ने विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए।
उनले बलुवाटारकाे ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छायाँ बनेको काङ्ग्रेसले निष्कर्ष निकालेकाे बताए । उनले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मन्त्रिपरिषदबाट भएको नीतिगत निर्णयमा मन्त्रीलाई तान्न नमिल्ने भएकाले काङ्ग्रेसले राजनीतिक रुपमा समेत सामना गर्ने बताए ।
उनले संसद्का सन्दर्भमा नेपाली काङ्ग्रेस संसदीय दलले नै निर्णय लिने र यसमा बैठकले कुनै निर्देशन नदिएको समेत बताए । प्रवक्ता शर्माले संसदीय दलले आवश्यकताअनुसार मङ्गलबार निर्णय गर्ने समेत जानकारी दिए ।
त्यस्तै बैठकले फागुन ३ गते सरकार गठन भएको दुई वर्ष पूरा हुने र यो अवधिमा सरकारले जनविरोधी विधेयकहरु ल्याएको, प्रतिशोधपूर्ण व्यवहार गरेको, शान्ति सुरक्षाको स्थिति खस्केको र भ्रष्टाचारका विषयलाई कारबाही गर्ने नाउँमा उन्मुक्ति दिँदै संस्थागत ढङ्गले संरक्षण गरेको निष्कर्ष निकालेको प्रवक्ता शर्माले बताए ।





प्रतिक्रिया