देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आईसीसी विश्वकप लिग–२ : ओमान र अमेरिका प्रतिस्पर्धा गर्दै

देशान्तर

काठमाण्डाै । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा मङ्गलबार ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । किर्तिपुरकाे त्रिवि मैदानमा हुने खेल बिहान साढे नौ बजेपछि सुरु हुनेछ । ओमान र अमेरिका याे सिरिजमा दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसअघिको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा दुई सय १३ रनमा अलआउट भएको थियो । ओमानले ४९ दशमलव ३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्दा आकिब इलियासले ७२ रनको अविजीत पारी खेलेका थिए ।

ओमान लगातार चौथो जीत हात पार्दै सिरिज टुङ्ग्याउने लक्ष्यमा छ । ओमानले नेपाललाई पहिलाे खेलमा १८ रन र दाेस्राे खेलमा आठ विकेटले पराजित गरेको थियो । नौ खेलबाट १४ अङ्क जोडेको ओमान तालिकाको शीर्ष स्थानमा छ । अमेरिका भने यो सिरिजमा जीतविहिन छ । अघिल्लो खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको थियो ।

त्यसैले याे खेल अमेरिकी टिमका लागि लयमा फर्कने अर्को एउटा मौका हो । दोस्रो स्थानमा झरेको अमेरिकाको दश खेलबाट १२ अङ्क छ । अमेरिकाका मुख्य ब्याट्सम्यान आरोन जोन्स, स्टेभन टेलर र जेभियर मार्शल चलिरहेका छैनन् । ओमानको भने नेपालमा सिरिजको यो अन्तिम खेल हो ।