नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) टुंगो लगाउन आज मन्त्रिपरिषद् बैठक भएको छ । हिजो बसेको बैठकले आईजीपी छान्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
हिजोको बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्ने बारे सामान्य छलफल भएको थियो । नयाँ आईजीपीका लागि प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्यायले दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
महानिरीक्षक सर्वेन्द्रनाथ खनालले आजै अवकाश पाउने भएपछि नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण अवकाश पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद रिक्त हुँदैछ ।
यसैबीच आज बस्ने बैठकले कोरोना भाइरसबाट आक्रान्त बनेको चीनमा रहेका नेपालीहरुलाई कहिले स्वदेश फर्काउने भन्ने मिति समेत तय गर्ने स्रोतले जनाएको छ । सरकारले चीनबाट नेपाली विद्यार्थी चाँडै फर्काउने भन्दै तयारी तीव्र पारे पनि कहिले ल्याउने भन्ने मिति भने अझै टुंगो लगाउन सकेको छैन ।





प्रतिक्रिया