देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ

देशान्तर

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालयको मूलगेटमा न्याय तथा घाइतेहरुको उपचार खर्चको माग गर्दै एक महिनादेखि धर्नामा बसेका निर्मलाको न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मी शारदा चन्द लगायत ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले बताए।

पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ७ जना रहेका छन्। प्रशासन ओहोरदोहोरमा धर्नामा बसेकाहरुले हस्तक्षेप गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

निर्मलाको न्याय तथा घाइतेहरुको उपचार खर्च लगायतको माग गर्दै न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मीहरु एक महिनादेखि धर्नामा छन्।