देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फागुन १४ गते स्ववियु चुनाव नहुने पक्का

देशान्तर

काठमाडौं, । फागुन १४ गतेका लागि निर्धारित् स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन नहुने पक्का–पक्की भएको छ ।

निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयको तयारी, परीक्षा तालिका र ठूला विद्यार्थी संगठनहरुबीच सहमति नजुटेकाले निर्वाचन असम्भव देखिएको हो ।त्रिभुवन विश्वविद्यालयले बारम्बार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तय गर्ने र अन्त्यमा विभिन्न कारण देखाउँदै सार्ने गरिएको यो पहिलोपटक होइन ।

विगतको रोग यसपटकको घोषित स्ववियु निर्वाचनमा पनि देखिएको छ । एक वर्षपहिले नै हुनुपर्ने निर्वाचन फागुन १४ गतेका लागि तय गरिएको थियो ।

तर, त्रिभुवन विश्वविद्यालय घोषित निर्वाचन गर्न नसकिने निष्कर्षमा पुगेको छ । निर्वाचन तालिकासमेत सार्वजनिक नगरिएबाट निर्वाचन तोकिएको मितिमा नहुने निश्चित भएको छ ।